काठमाडौं । सामाजिक सञ्जालमा भाइरल पुन्य गौतमले उपनिर्वाचन लड्ने इच्छा देखाएका छन् ।
एमालेका नेता समेत रहेका गौतमले १० वैशाखमा हुने उपनिर्वाचनका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै गौतमले आफूले चितवन–२ मा हुने उपनिर्वाचनका विषयमा कुराकानी भएको जनाएका छन् ।
चितवन क्षेत्र नं २ को उपनिर्वाचनका विषयमा ओलीसँग सार्थक र प्रभावकारी कुराकानी भएको जनाएका छन् ।
‘नेकपा एमालेका श्रद्धेय अध्यक्ष सम्माननिय पुर्व प्रधानमन्त्री,राजनेता कमरेड केपी शर्मा ओलीज्युसँग आज सुखद भेटघाट भयो÷खासगरी चितवन क्षेत्र नम्बर २ लगायत क्षेत्रको उपनिर्वाचनबारे राजनेता ओलीज्युसंग सार्थक र प्रभावकारी कुराकानी भयो ।’ गौतमले सामाजिक सञ्जालमा लेखेका छन् ।
भेटमा उनले आफूलाई उम्मेदवार बनाउन आग्रह गरेका थिए । ओलीले त्यस विषयमा पार्टीभित्र व्यापक छलफल गर्नुपर्ने जवाफ दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया