काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् ।
केहीबेरअघि उनले राजीनामा दिएका हुन् ।
खान जनमत पार्टीबाट सरकारमा सामेल भएका थिए । मन्त्रीपरिषद् विस्तारको क्रममा उनलाई सोही मन्त्रालय कायम राखिएको थियो ।
मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय या कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दाबी गरेको थियो । तर, जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले राजीनामा दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया