काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रिया आफू प्रधानमन्त्री नहुँदै भएको बताए ।
बुधवार ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममको २३औँ श्रृखलामा बोल्दै प्रधानमन्त्री सो कुरा बताएका हुन् ।
उनले भने, ‘वाईडबडी ल्याउने प्रक्रियाहरु म प्रधानमन्त्री भएपछि भएको होइन । त्यति म स्मरण गराउन चाहन्छु । अर्को, जसले जहिले निर्णय गरेको भए पनि केही छैन । जोसुकैले पनि भ्रष्टाचार गरेको छ, अनियमतिता गरेको छ भने त्यसमा कारवाही हुन्छ । यसका निम्ति सरकार अत्यन्त गम्भिर छ ।’
त्यस्तै प्रधानमन्त्री ओलीले वाइडबडी जहाज खरिद प्रक्रियाको छानबिनमा संसदीय उपसमिति नै सर्वेसर्वा नभएको बताएका छन् । उनले समितिको कायैशैलीप्रति र प्रतिवेदन समितिमा नबुझाउँदै बाहिर चुहाएको भन्दै आपत्ति समेत जनाएका छन् ।
प्रधानमन्त्री ओलीले यी विषयमा संसद्को पूर्णसमिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष छानबिनका लागि अपिल गरेका छन् ।
उपसमितिले बुुधवार संसदको सार्वजनिक लेखा समितिलाई वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन बुझाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया