कांग्रेसबाट यी चार जनाले शपथ लिँदै

लोकपथ
154
Shares

काठमाडौं । नेपाली कांग्रेसबाट पहिलो चरणमा ४ जना मात्रै सरकारमा सामेल हुने भएका छन् ।

कांग्रेस भित्रको आन्तरिक किचलोका कारण पहिलो चरणमा ४ जनालाई मात्रै सरकारमा पठाउने तयारी गरिएको स्रोतले जनाएको छ ।

पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जान लागेको कांग्रेसले खड्कालाई उपप्रधानसहित रक्षा, डा.प्रकाशशरण महतलाई अर्थ, रमेश रिजाललाई उद्योग वाणिज्य तथा आपूर्ती र सीता गुरुङले शहरी विकास मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने तयारी गरिएको हो ।

कांग्रेसले ८ मन्त्रालय भागबण्डामा पाए पनि आन्तरिक किचलोका कारण सभापति शेरबहादुर देउवाले ४ जनाको मात्रै नाम पठाएका हुन् ।

संस्थापन इतर समूहलाई २ मन्त्रालय देउवाले बचन दिए पनि तीन मन्त्रालयको दाबी इतर समूहको रहेको छ ।
नयाँ मन्त्रीहरुको सपथ आजै हुनेछ । दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?