जसपाले अशोक राइलाई सरकारमा पठाउने, अर्को मन्त्रीका लागि परामर्श हुँदै

लोकपथ
84
Shares
sf7df8fF}, @^ k’;M k|ltlglw;ef a}7sdf ;f+;b /fO{ hgtf ;dfhjfbL kf6L{sf czf]s /fO{ k|ltlglw;efsf] dªunaf/sf] a}7sdf dGtJo /fVg’x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । जनता समाजवादी पार्टीले शिक्षा मन्त्रालयसहित सरकारमा जाने भएको छ ।

जसपाको जारी बैठकले अशोक राईलाई शिक्षा मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउन लागेको हो ।

गठबन्धनबाट जसपाले २ मन्त्रालयको भाग पाएको छ । तर अर्को एक जनाको नाम भने टुंगिन बाँकी रहेको छ ।

जसबाट प्रदीप यादव, नवलकिशोर शाह, राजकिशोर यादव लगायत आकांक्षी रहेका छन् ।

केहीबेर छलफल गरेर अर्को मन्त्रीको नाम समेट टुंग्याउने एक नेताले बताए ।

प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । अन्य दलहरुबाट समेत नामहरु आइरहेको छ । आजै दिउँसो ३ बजे शपथग्रहण समारोह राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?