काठमाडौं । मन्त्रिपरिषद् विस्तारकाे काम अन्तिम चरणमा पुगेको छ ।
गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु चरणबद्ध छलफलपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
केही राजनीतिक दलहरुमा केही असन्तुष्टी कायमै रहँदा बाँकी काम टुंग्याएर मन्त्रीहरुको शपथ समारोह तोकिएको छ ।
दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण समारोह राखिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
‘आज ३ बजे माननीय मन्त्री ज्युहरुको सपथग्रहण समारोह, शितलनिवास ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका थिए ।
वर्तमान १० दलीय गठबन्धनबाट कांग्रेसको भागमा ८, माओवादीको भागमा ५, एकीकृत समाजवादी र जसपाको भागमा २/२, लोसपा, नागरिक उन्मुक्ति र जनमत, नेपाल समाजवादी र आम जनता पार्टीबाट १/१ मन्त्रीले शपथ ग्रहण गर्ने तयारी गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया