एमाले गठबन्धन भत्काउने या बनाउने खेलमा छैन : विष्णु पौडेल

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ता प्राप्तिका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट गरेका छन्।

प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित अन्तक्रियामा बोल्दै उनले अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सो धारणा राखेका हुन् ।

उनले भने, “अहिले एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा लागेको छैन, पार्टीलाई थप बलियो बनाउने पक्षमा लागेको छ, त्यसैले हामी देशव्यापीरुपमा मिसन ग्रासरुट कार्यक्रममा छौँ ।” उपाध्यक्ष पौडेलले आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर बस्ने बताए ।

उनले पार्टीका नेता भीम रावलले पार्टीको अनुशासन पालना नगरे उहाँमाथि अनुशासनको कारबाही हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?