चौधरीको सपथ ३ बजेलाई स-यो, सपथ लिए पनि संसद भवन जान नपाउने

काठमाडौं । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता रेशम चौधरीले आज ३ बजे सपथग्रहण गराइने भएको छ ।  

यस अघि ११ः३० मा सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा उनलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी गराएका थिए । 

कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद चौधरीले आज सपथग्रहण गराइन लागेको हो । 

टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

सपथ लिए पनि चौधरी संसद भवन भने जान पाउने छैनन् । 

स्रोतका अनुसार सांसद पदको सपथ खुवाइसकेपछि चौधरीलाई पुनः जेलमै लैजाने जनाएको छ । 

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो । 

चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?