‘स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोहलाई मतदाताले फैसला गर्नेछन्’

लोकपथ
119
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले अर्थविद् डा. स्वर्णिम वाग्लेको राजनीतिक विद्रोहलाई हल्का रुपमा नलिन आग्रह गरेका छन् ।

बिहीबार डा. वाग्लेले कांग्रेस पार्टी परित्याग गरेसँगै विभिन्न कोणबाट विश्लेषण भइरहेका बेला डा. भट्टराईले सो कुरा बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा. भट्टराईले वाग्लेको भद्र राजनीतिक विद्रोलाई छिट्टै मतदाताले फैसला गर्ने बताए ।

‘डा.स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने नै छन्। तर यसलाई त्यत्तिकै हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन ।’ उनले भनेका छन् ।

त्यस्तै देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पूरानै तरिकाले नचल्ने भन्दै वाग्लेको विद्रोहलाई गम्भीर रुपमा लिन आग्ह गरेका छन् ।

उनले भने, ‘देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन।अतः डा.वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊँ!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?