काठमाडौं । केही दिनयता नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेता भीम रावलबीच राजनीतिक राजनीतिक दोहोरी चलिरहेको छ ।
सो क्रममा पौडेलले रावललाई आफ्नो गल्ती कमजोरी स्वीकार गर्न आग्रह गरेका छन् ।
शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले पार्टी नेताले गर्नुपर्ने कुनै पनि कर्तब्य पूरा नगरेको आरोप लगाए । साथै आफू नसच्चिए पार्टीले उचित निर्णय लिने भन्दै कटाक्ष गरेका छन् ।
‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्,’ उनले भने, ‘उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’
केही दिनअघि एमालेको ग्रासरुट अभियानका लागि अछाम पुगेका पौडेलले रावलको आलोचना गरेपछि नाराबाजी भएको थियो । त्यसपछि नेताद्वयबीच दोहोरी चलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया