काठमाडौं । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता रेशम चौधरीले आज सपथग्रहण लिँदैछन् ।
सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा उनलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी गराएका छन् ।
टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीले बिहीवार बिहान ११ः३० बजे पद तथा गोपनीयताको सपथ दिलाउने मल्लले जानकारी दिए ।
चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।
सपथ लिए पनि उनी संसद भवन भने जान पाउने छैनन् ।
स्रोतका अनुसार सांसद पदको सपथ खुवाइसकेपछि चौधरीलाई पुनः जेलमै लैजाने बतायो ।
टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो ।
चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया