काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई सम्बोधन गर्ने भएका छन् ।
संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले बिहीवार मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।
सङ्घीय संसद्को चालू अधिवेशन यही पुस ११ गतेबाट शुरु भएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया