वाइडबडी खरिद अनियमितता : कांग्रेसले भन्यो, ‘आफ्नो नेताको संलग्नता रहे कारबाहीका लागि सहयोग गर्छौ’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वाइडबडी खरिद अनियमिततामा आफ्ना नेताहरुको संलग्नता पाईए कारवाहीका लागि सहयोग गर्ने बताएको छ ।

बिहीवार पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस सचेतक पुष्पा भुषालले भने, पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्रनारायण देवको समेत वाईडबडी खरिद अनियमिततामा संलग्न रहेको भन्दै संसदीय उपसमितिले कारवाही सिफारिस गरेपछि कांग्रेसले अनुसन्धानमा सहयोग गर्ने बताएको हो ।  

पूर्वप्रधानमन्त्री शाही र देवको संलग्नबारे उपसमितिले किटान नगरेकाले तत्काल धारणा बनाउन नसकिने बताउँदै सचेतक भुषालले भ्रष्टचार न्यूनिकरणका लागि वर्तमान सरकारको शुन्य सहनशीलताको नारा निष्प्रभावी भएको दाबी गरे ।

सचतेक भुषालले भने, मन्त्रीहरु नै भ्रष्टचारमा संलग्न भएको पाईएपछि दुईतिहाई बहुमत प्राप्त सरकारबाट आश गर्ने ठाउँ नभएको बताइन् । सरकारको सकारात्मक काममा कांग्रेसले जहिल्यै समर्थन गरेको उल्लेख गरे ।

फागुन २१ सम्ममा संविधानसँग बाँझिएका कानून संशोधनका लागि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै उनीले कर्मचारी समायोजन विधेयक, राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि आफ्नो अडान भने कायम राख्ने जानकारी दिइन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?