देशभर एकसाथ शुरु भयो एसईई परीक्षा, जापानबाट पनि विद्यार्थी सहभागि (तस्बिरमा हेर्नुहोस्)

लोकपथ
104
Shares

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ शुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको छ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ ।

आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी रहेका छन् ।

यस वर्षका एसईईमा जापानबाट समेत विद्यार्थीहरुको सहभागिता रहेको छ । जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलमा अध्ययनरत १४ विद्यार्थीहरु एसईईमा सहभागि भएका हुन् ।

जापानको टोकियोमा अवस्थित एभरेष्ट इन्टरनेशनल स्कुलका विद्यार्थीहरु

      

तस्बिर : दिनेश रजक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?