शुक्रबार मन्त्रालय भागबण्डाको विषय टुङ्गो लगाएर मन्त्रीहरुको शपथ गराउने तयारी भएको छ । प्रधानमन्त्रीको सचिवालयले बिहीबार भएको लामो छलफलले केही विषय अझै मिलाउन बाँकी रहेको र शुक्रबार बिहान बसेर टुंग्याइ मन्त्रिपरिषद् विस्तार गरिने बताएको छ ।
सबै मिलेपछि दिउँसोसम्म शपथ गराउने तयारी भएको हो । यसअघि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा, माओवादी केन्द्र, र नेकपा एकीकृत समाजवादीलगायत सत्तारुढ दलको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।
सत्तारुढ दलको बैठक सकिएपछि प्रधानमन्त्रीले सत्ता साझेदार दलका नेताहरुसँग छुट्टाछुट्टैसमेत छलफल गरेका थिए । सत्ता साझेदार दलहरुको बीचमा कांग्रेसले आठ, माओवादी पाँच, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले दुई–दुई र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीलाई एक –एक मन्त्रालय दिने सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया