बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउँदै रास्वपा

लोकपथ
28
Shares

काठमाडौँ । बारा २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वडीआईजी रमेश खरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ । वैशाख १० को उपनिर्वाचनमा रास्वपाले उम्मेदवारको रुपमा उनको नाम अघि सारेको हो ।

पार्टीले आन्तरिक प्रारम्भिक निर्वाचनमा भाग लिने गरी खरेलसहित बारा २ बाट युवराज न्यौपानेको नाम अघि सारेको हो ।

यस्तै तनहुँ १ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र रुपक बिक घिमिरेको नाम अघि सारिएको छ । यस्तै चितवन २ मा सभापति रवि लामिछाने एकल उम्मेदवार हुनेगरी प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?