स्वर्णिम लामिछाने पार्टी प्रवेश गर्ने भएपछि रवि लामिछाने उत्साहित

लोकपथ
182
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एकको बदलामा तीन जना सांसद लिएर संसद छिर्ने सपना रहेको बताएका छन् ।
वैशाख १० गते ३ क्षेत्रमा उपनिर्वाचन हुन लागेको बेलामा उनको यस्तो भनाइ आएको हो ।

‘मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि लामिछानेले चितवन २ बाट निर्वाचित भएपनि पद गुमाएका थिए ।
सोही क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा लामिछाने चुनाव लड्दैछन् । यस्तै तनहुँ १ र बारा २ मा रिक्त स्थानमा पनि वैशाख १० मै उपनिर्वाचन हुँदैछ । ती दुबै क्षेत्रमा पनि आफ्नो पार्टी विजयी भएको हेर्ने चाहना भएको उनको भनाइ छ ।

सो पार्टीमा अर्थविद् स्वर्णीम वाग्ले प्रवेश गर्ने चर्चा छ । तनहुँ १ बाट चुनाव लड्नेगरी उनले बिहीबार कांग्रेस छाडेको घोषणा गरेका थिए । वाग्ले पार्टी प्रवेश गर्न लागेको अवस्थामा लामिछाने उत्साहित देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?