बारा–२ मा रास्वपाले तोक्यो निर्वाचन संयोजक

लोकपथ
49
Shares

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा क्षेत्र नम्बर २ को लागि नयाँ संयोजक तोकेको छ ।

बिहीबार पार्टी प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै निर्वाचन संयोजकमा अशोककुमार चौधरीलाई जिम्मेवारी दिएको जानकारी गराएका छन् ।

रास्वपाले पार्टी केन्द्रीय सदस्य गणेश कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजकको जिम्मेवारी पुरा गर्न नसक्ने भन्दै राजीनामा दिएपछि चौधरीलाई जिम्मेवारी दिएको हो ।

जारी विज्ञप्तिमा निर्वाचनको सम्पूर्ण जिम्मेवारी बहन गर्न चौधरीलाई तोकिएको बताइएको छ ।

raswapa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?