उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत

लोकपथ
70
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ ।न्याय परिषद्को परामर्शमा आयोगले आज मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको हो ।

चितवन क्षेत्र नं-२ का लागि न्यायाधीश वासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन् । यस्तै बारा क्षेत्र नं-२ का लागि न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं-१ का लागि कोमलप्रसाद आचार्य नियुक्त भएका छन् ।

उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?