राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले नियुक्ति पत्र समेत लिइसकेका छन् ।

आफू राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्तिको पत्र लिएको र भोलिबाट कार्यभार सम्हाल्ने लोकपथलाई जानकारी दिए ।

‘नियुक्तिको पत्र लिएँ । भोलिबाट अफिस ज्वइन गर्छु ।’ उनले भने ।

पूर्व प्रधानमन्त्री एवं राप्रपाका नेता स्वर्गीय सूर्य थापाका छोरा समेत रहेका उनी कांग्रेस प्रवेशसँग सहमहामन्त्री बनेका थिए ।

पूर्व मन्त्री समेत रहेका थापा पार्टीको १४आँै महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । भने संघीय निर्वाचनमा धनकुटा क्षेत्र नं १ बाट पराजित भएका थिए ।

त्यस्तै राष्ट्रपति पौडेलले यसअघि आर्थिक सल्लाहकारमा चिरन्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् । भने अन्य विज्ञ सल्लाहकार समेत नियुक्त गर्ने चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?