फेसबुक र इन्स्टाग्रामको ब्लू टिकको मुल्य सार्वजनिक, ट्विटर भन्दा महँगो

लोकपथ
117
Shares

काठमाडौं ।  मेटाले भर्खरै अमेरिकामा ब्लू टिकको सदस्यता मोडेल शुरू गरेको छ । यूएस फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूले अब मासिक शुल्क ११.९९ डलर तिरेर आफ्नो खाता प्रमाणीकरण गर्न सक्नेछन् ।

यद्यपि यो शुल्क मोबाइल संस्करणको लागि हो। वेब संस्करणको लागि शुल्क १४.९९ डलर राखिएको छ । मेटा भेरिफाइड अन्तर्गत सरकारी परिचयपत्र दिएर फेसबुक र इन्स्टाग्राम खाता प्रमाणीकरण गर्न सकिन्छ।

मेटा प्रमाणिकरण हाल व्यवसायहरू र १८ वर्ष भन्दा कम उमेरका व्यक्तिहरूको लागि उपलब्ध छैन। मेटाले प्रयोगकर्ताहरूलाई प्रतीक्षा सूचीमा सामेल हुन अपील गरेको छ। यो सुविधा मेटाको वेबसाइटमा उपलब्ध छ।

यसअघि माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरले सशुल्क सदस्यता सेवा ट्विटर ब्लू सुरु गरेको थियो। ट्विटरले ब्लू टिकको लागि वेब संस्करणकाे ८ डलर  र मोबाइल संस्करणको ११ डलर शुल्क राखेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?