२६ जेष्ठ २०८०, शुक्रवार

राष्ट्रियसभाको बैठकमा ४ प्रतिवेदन पेस

२०७९,चैत्र,१६,बिहीवार १४:४५

72
Shares

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती प्रतिवेदनसभा समक्ष पेस गरेकी हुन् ।

पेस गरिएका प्रतिवेदनमा थारु आयोगको चौँथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौँथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन, २०७८/७९ छन् ।

मर्यादा विधेयक विधायन समितिमा

राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

सांसद डा बेदुराम भुसालले‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही चैत २१ गते मङ्गलबार १० बजे बस्नेछ ।

प्रकाशित मिति: २०७९,चैत्र,१६,बिहीवार १४:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने बताएका

काठमाडौं । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुसी मनलाग्दी गरेको आरोप लगाएका छन् ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलन –२०२३ शुक्रबार काठमाडौंमा उद्घाटन गरेका छन् ।

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१