१४ जेष्ठ २०८०, आईतवार

खेलकुद परिसरको पौडीपोखरी सर्वसाधारणका लागि खुला

२०७९,चैत्र,१६,बिहीवार १४:२८

162
Shares

काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पौडी पोखरीको शुभारम्भ गरेका हुन् ।

पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जनाएका छन् । दैनिक ३ सिफ्टमा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान १०–१२ बजे, दोश्रो अपरान्ह १–३ बजे र तेश्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।

व्यक्तिगत प्रति सिफ्ट २ सय, व्यक्तिगत मासिक ४ हजार, व्यक्तिगत त्रैमासिक १० हजार, व्यक्तिगत प्रशिक्षणसहित प्रति महिना ५ हजार र व्यक्तिगत प्रशिक्षणसहति त्रैमासिकको १३ हजार शुल्क तोकिएको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,१६,बिहीवार १४:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित

गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११