काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।
पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजक पदमा रहेर काम गर्न नसक्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
आफू निर्वाचन संयोज हुँदा पार्टीलाई थप क्षति हुने भएकाले राजीनामा दिएको कार्कीले बताएका छन् ।