१३ जेष्ठ २०८०, शनिवार

एपीएफ लगातार तेस्रो पटक च्याम्पियन (तस्बिरमा हेर्नुहोस्)

२०७९,चैत्र,१६,बिहीवार १४:१०

117
Shares

काठमाडौं । नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा कोशी प्रदेशलाई ५४ रनले हराउदै नेपाल एपीएफ क्लबले च्याम्पियन बनेको हो ।

एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले ४१ बलमा ३५ रन बनाउँदा लकिता राजवंशीले अविजित २१ रन बनाईन् । अप्सरी बेगमले १० रन बनाईन् । एपीएफका लागि बिनु बुढाले २ तथा सोनु खड्का,रेखा रावल र नेरी थापाले समान १-१ विकेट लिईन् ।

यसअघि एपिएफले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर एक सय ५४ रन बनाएको थियो। एपिएफकी कप्तान सीता राना मगरले सर्वाधिक ७९ रनको योगदान दिइन् । उनले ६८ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन् । इन्दु बर्माले ५१ रनको योगदान दिइन् ।

प्रकाशित मिति: २०७९,चैत्र,१६,बिहीवार १४:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

काठमाडौं । यही जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन । देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभामा

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११