१३ जेष्ठ २०८०, शनिवार

राष्ट्रियसभा : रासायनिक मल कारखाना स्थापना गर्न माग

२०७९,चैत्र,१६,बिहीवार १३:१२

90
Shares

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग गरिएको छ ।

राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर सांसद मायाप्रसाद शर्माले मिटरब्याजको विषय सामन्ती राज्यप्रणालीको अवशेषका रुपमा रहेकाले त्यसलाई कानुनी र व्यावहारिक दुवै तवरले हल गर्नुपर्नेमा जोड दिए । उनले मिटरब्याजीलाई कारबाही कहिले गर्ने भन्दै सरकारसँग प्रश्न गरे ।

सांसद शर्माले केशर पुस्तकालयमा रहेका पुराना र महत्वपूर्ण पुस्तक संरक्षणमा सम्बद्ध निकायले ध्यान नदिएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरे । सांसद कमला पन्तले सहकारी संस्थाको ज्यादतीका कारण मानिसले अकालमा ज्यान फाल्नुपरेको तथ्य प्रस्तुत गर्दै समस्या समाधानका लागि आग्रह गरिन्।

उनले मिटरब्याजीका कारण गरिब, निमुखा नागरिकको घरखेत गएको र जीवनयापनसमेत गर्न नसक्ने अवस्थामा पुगेको तथ्य पेस गरिन् । उनले किसानलाई उत्पादन बढाउनका लागि मुलुकभित्रै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने माग दोहोर्याइन् ।

सांसद शारदादेवी भट्टले मिटरब्याजमा लिएको ऋणको ब्याज तिर्दातिर्दा कहिले नसकिने यो कस्तो अन्याय हो भन्ने प्रश्न गर्दै पीडितलाई राहत र पीडकलाई कारबाहीको माग गरिन् । यो धनुषाको मात्रै समस्या नभई देशभरको समस्या भएको उल्लेख गर्दै उनले आफ्नो गुनासो र दुःख सुनाउन आएका पीडितलाई खुलामञ्चमासमेत बस्न नदिइएकामा आपत्ति जनाइन् । सांसद प्रमिला कुमारीले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको प्रदर्शनमा ज्यान गुमाउने र घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।

प्रकाशित मिति: २०७९,चैत्र,१६,बिहीवार १३:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११