१३ जेष्ठ २०८०, शनिवार

उपनिर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार : तनहुँ–१ मा भट्टराई, चितवन–२ मा श्रेष्ठ

२०७९,चैत्र,१६,बिहीवार १२:३८

279
Shares

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा तनहुँ क्षेत्र नं १ मा पार्टी केन्द्रीय सदस्य गोविन्द्र भट्टराईलाई उम्मेदवार बनाएको छ ।

यसअघि नै सभापति देउवाले भट्टराईलाई तयारीमा लाग्न आग्रह गरेका थिए । आज बसेको बैठकमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यस्तै आजको बैठकले चितवन क्षेत्र नं २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रृेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै बारा क्षेत्र नं २ मा हुने निर्वाचनका लागि जसपाको उम्मेदवारलाई सघाउने तयारी गरेको छ । जसपाले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

बाराको निर्वाचनको विषयमा भने चैत १९ गते मात्रै निर्णय गर्ने उनले बताए

आजको बैठकमा अन्य समसामयीक विषयमा छलफल भएको उनले बताए ।म

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । त्यस्तै गत निर्वाचनमा बारा क्षेत्र नं २ बाट रामसहायप्रसाद प्रसाद यादव उपराष्ट्रपति बनेसँगै उपनिर्वाचन हुन लागेको हो । भने यता चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा मुछिएसँगै सो क्षेत्र खाली भएको थियो ।

प्रकाशित मिति: २०७९,चैत्र,१६,बिहीवार १२:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११