१३ जेष्ठ २०८०, शनिवार

एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य

२०७९,चैत्र,१६,बिहीवार १२:३३

81
Shares

काठमाडौं । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर एक सय ५४ रन बनायो । एपिएफकी कप्तान सीता राना मगरले सर्वाधिक ७९ रनको योगदान दिइन् । उनले ६८ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन् । इन्दु बर्माले ५१ रनको योगदान दिइन् ।

बलिङतर्फ कोशी प्रदेशकी अलिसा खडियाले एक विकेट लिइन् । यसअघि एपिएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । कोशी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,१६,बिहीवार १२:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित

गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११