काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सांसद शरदसिंह भण्डारीलाई सरकारमा पठाउने भएको छ ।
लोसपाले २ मन्त्रालय पाउनुपर्ने अडान राखे पनि पहिलो चरणमा १ मन्त्रालयसहित सरकारमा सामेल हुन लागेको हो ।
पार्टीले आन्तरिक निर्णय गरेर उनलाई सरकारमा पठाउन लागेको स्रोतले जनाएको छ । तर आधिकारिक निर्णय गर्न भने दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।
दलहरुको आ–आफ्नै अडान कायम राखेपछि प्रधानमन्त्री पहिलो चरणमा सानो मन्त्रिमण्डल बनाउन लागेका हुन् ।