२६ जेष्ठ २०८०, शुक्रवार

बेलायत नरेश बुन्डेस्टागलाई सम्बोधन गर्दै

२०७९,चैत्र,१६,बिहीवार १२:०८

63
Shares

काठमाडौं । रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै छन् ।

बेलायतको राजसिंहासन सम्हालेपछि भएको उनको यो पहिलो विदेश भ्रमणमा हो । बेलायत नरेशका रुपमा जर्मन संसद्लाई उनी पहिलोपटक सम्बोधन गर्दै छन् । त्यसअघि उनले चान्सलर ओलाफ स्कोल्जसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

बेलायतका तत्कालीन युवराज चाल्र्सले सन् २०२ मा पनि जर्मन संसद्लाई सम्बोधन गरेका थिए । मेलमिलाप दिवसका आवसरमा भएको उनको त्यो सम्बोधनलाई दुई देशबीचको युद्धपछिको मेलमिलापको प्रतीकका रूपमा हेरिएको थियो । धारा प्रवाह जर्मन भाषा बोल्ने क्षमता भएका उनले आज जर्मन र अङ्ग्रेजी दुवै भाषामा संसद्लाई सम्बोधन गर्ने ठानिएको छ ।

बेलायतका राजदम्पतिलाई जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर र प्रथम महिला एल्के बुडेनबेन्डरले सैन्य सम्मानका साथ बुधबार ब्रान्डनबर्ग गेटमा भव्य स्वागत गरेका थिए । बुधबार नै बेलायती विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति स्टेनमेयरले बेल्लेभ्यु प्यालेसमा राजकीय भोज आयोजना गरेका थिए ।

त्यस अवसरमा राजा चाल्र्सले बेलायत र जर्मनीबीच विद्यमान चिरस्थायी सम्बन्धको सराहना गरे । राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भनेका छन् ।

नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चाल्र्सको यो भ्रमण भएको हो । यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उनको भ्रमण स्थगित भएको थियो ।

शुक्रबार स्वदेश फर्कनुअघि राजा चाल्र्स ब्रान्डनवर्ग पुग्नेछन् । त्यहाँ उनले युक्रेनी शरणार्थीलाई भेट्नेछन् भने उत्तरी बन्दरगाह शहर ह्याम्बर्गमा नवीकरणीय ऊर्जा परियोजनाको अवलोकन गर्ने कार्यक्रम छ ।

युरोपेली सङ्घबाट बेलायत बाहिरिएपछि राजगद्दी सम्हालेका राजाबाट भएको राजकीय भ्रमणले जर्मनीसँगको सम्बन्ध विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: २०७९,चैत्र,१६,बिहीवार १२:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पेरिस । फ्रान्सेली आल्प्सस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको सरकारले शुक्रबार जनाएको

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको

वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले

टेक्सास । टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा २१ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१
राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३