१४ जेष्ठ २०८०, आईतवार

प्रधानमन्त्री प्रचण्डले भने- ‘आजै मन्त्रिपरिषद् विस्तार र मन्त्रीको शपथ हुन्छ’

२०७९,चैत्र,१६,बिहीवार १२:०१

108
Shares

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार र मन्त्रीहरुलाई शपथ खुवाउने तयारी रहेको बताएका छन् ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यासका लागि चितवन पुगेका उनले सो कुरा बताएका हुन् ।

शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजै आफू काठमाडौं फर्किएपछि मन्त्रिपरिषद् विस्तार हुने र आज नभ्याए भोलि शपथ खुवाउने तयारी रहेको स्पष्ट पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म यहाँबाट फर्किएलगत्तै बाँकी कुरा टुंग्याएर मन्त्रिपरिषद् विस्तार हुन्छ । आजै शपथ गराउने तयारी छ। आज नभ्याए भोलि हुन्छ ।’

May be an image of 7 people and people standing

सरकारले पूर्णता पाएसँगै राजनीतिक स्थायित्व र देशको आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

आजै प्रधानमन्त्री प्रचण्ड कृषि तथा वन विज्ञान विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुनेछन् ।

आजै दिउँसो १ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,१६,बिहीवार १२:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

आज आइतबार इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल हुँदैछ । फाइनलमा साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९