उपनिर्वाचन : चितवन–२ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ उम्मेदवार

लोकपथ
351
Shares

चितवन । चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट जितनारायण श्रेष्ठ उम्मेदवार बनेका छन् ।

१० वैशाखमा हुने उपनिर्वाचनका लागि आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीले आफूलाई उम्मेदवार बनाउने निर्णय गरेको श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

श्रेष्ठ नेपाली कांग्रेस चितवनका पूर्ण सभापति समेत हुन् ।

‘१० वैशाखमा हुने उपनिर्वाचनमा पार्टीले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।’ श्रेष्ठले लोकपथसँग भने ।

त्यस्तै मंसिर ४ को निर्वाचनको परिणाम उल्ट्याउने बताएका छन् । पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले ४ मंसिरमा हावाहुरी आएको तर अब त्यसलाई रोक्ने टिप्पणी गरेका छन् ।

यसअघिको निर्वाचनमा सो क्षेत्रबाट कांग्रेसका तर्फबाट उमेश श्रेष्ठ उम्मेदवार रहेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका रवि लामिछानेले बाजी मारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?