‘मान्छेभन्दा अगाडिको बागमती सभ्यता जोगाउन, साझा धारणा निर्माण गरौँ’

लोकपथ
78
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बागमती सभ्यता बचाउनका लागि सहयोग अनुरोध गरेका छन् ।

बुधबारबाट महानगरले काठमाडौंमा शुरु गरेको न्यायिक समिति राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा मेयर शाहले सो कुरा बताएका हुन् ।
‘कतिपय काम स्थानीय सरकार एक्लैले गर्न सक्दैन । सभ्यताजस्ता सार्वजनिक सम्पत्ति जोगाउन तहगत सरकार र सरकारका संयन्त्रको सहयोग चाहिन्छ । अहिले बागमतीको सभ्यता बचाउन काठमाडौं महानगरपालिकालाई संघ सरकारको सहयोग चाहिएको छ ।’ मेयर शाहले भने, ‘काठमाडौंको मुख्य नदी बागमतीको सभ्यता मान्छेभन्दा अगाडिको हो । यसलाई बचाउन साझा धारणा चाहिएको छ ।’

त्यस्तै उनले स्थानीय विवाद निरुपणका लागि न्यायिक समितिले नागरिकमा आशा जगाउनु पर्ने विषय राखेपछि काठमाडौंको सार्वजनिक सम्पत्ति संरक्षणको विषय राखेका थिए ।

‘केन्द्रीय सरकारको स्थायित्वले स्थानीय सरकारका काममा सहयोग हुन्छ । त्यसैले स्थानीय सरकारजस्तै केन्द्रीय सरकार पनि स्थायी हुनुपर्छ । स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामका लागि केन्द्रीय सरकारको स्थिर सहयोगको आवश्यक पर्छ ।’ शाहको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?