नयाँ वर्षमा आइमाले ल्यायो २५ हजार सम्मको बम्पर छुट

लोकपथ
91
Shares

काठमाडौं । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा आइमाले नेपालमा आफ्नो विभिन्न मोडेलका स्कुटरहरुमा बम्पर छुटको अवसर ल्याएको छ ।

यो बम्पर छुटको अभियान अन्र्तगत आइमासँग ग्राहकहरूले रु. १,८४,००० को टाइगर एस फाइभ(Tiger S5) मोडेल खरीद गर्दा २४,००० र  ३,३०,००० को टाइगर एस सिक्स वानवान (Tiger S611) मोडेल खरीद गर्दा रु. २५,००० छुट प्राप्त गरी सो छुट मुल्य बचत गर्न सकिनेछ ।

ग्राहकहरूले आइमाको बम्पर नगदको छुट मात्र नभई, हरेक स्कुटरको खरिदमा एउटा हेलमेट सित्तैमा उपहार पनि पाउनेछन । साथै, चालु आर्थिक वर्षको कर समेत आइमाको विक्रिकर्ताले नै भुक्तान गरी दिनेछ भने इएमआइ फाइनान्सीङ र एक्सचेन्जको सुविधालाई समेत यथावत राखिएको छ ।

बिक्रि गरिरहेको आइमा ब्राण्डका केहि स्कुटरका मोडेलहरु निम्नप्रकार छन् :

 टाइगर एस सिक्स वानवान (Tiger S611)

हेर्दा निक्कै बोल्ड देखिने यो स्कुटर झट्ट हेर्दा पेट्रोलबाट चल्ने स्कुटर जस्तो देखिन्छ । स्कुटरको समग्र आकार नै ठुलो
छ । बाइक वा पेट्रोलको कुनै पनि स्कुटर त्यागेर यो स्कुटर चलाउँदा डोमिनेट फिल गर्नु पर्दैन । झन सानदार देखिन्छ
। आकारमा मात्र नभएर यसको बिल्ड क्वालिटि पनि निक्कै गुणस्तरीय छ । ६० भोल्ट र २८.६ एएचको लिथिएम बेट्री
भएको यो स्कुटरले एकपटकको फुल चार्जमा करिब ९० किलोमिटरको रेन्ज दिन्छ ।

घरको सामान्य प्लगमा जोडेर पनि करिब ५ घण्टामा यसलाई फुल चार्ज गर्न सकिने छ । २१०० वाटको पिक पावर
भएको वोस्क कम्पनीको मोटर जडित यो स्कुटरले १५० किलोको वजनलाई १५ डिग्रीको उकालोमा तान्न सक्ने क्षमता
राख्दछ । यसको मतलव २ जना व्यक्तिलाई शहरबजार तथा तराइको बाटोमा यसले सजिलै तान्न सक्दछ ।
यसको अगाडि र पछाडि १२ इन्चको व्हिल दिइएको छ भने यसको ग्राउण्ड क्लियरेन्स १४० एमएम रहेको छ । दुबै
चक्कामा डिस्क ब्रेक दिइएको छ । यसमा २० लिटरको बुटस्पेस रहेकाले सबैखाले हेलमेट सजिलै राख्न मिल्छ ।यो
स्कुटरमा सिंगल बेट्री मात्र नभई दुइवटा बेट्री राख्नका लागि पनि अलग्गै बेट्री कम्पार्टमेन्ट बनाएर पठाएको छ ।
जसका कारण धेरै रेन्ज चाहनेहरुका लागि यो उचित छनौट हुनसक्नेछ । एलइडि हेडल्याम्प, डिजिटल डिस्प्ले,
एन्टिथेप्ट सिस्टम, रिमोट कन्ट्रोल, किलेस युजेज, ब्लुटुथ कनेक्टिभिटि लगायतका फिचर यो स्कुटरमा दिइएको छ ।
अगाडिको भागमा मोवाइल चार्जर सँगै दुइवटा स्पिकर समेत जडान गरिएको छ ।यो स्कुटरको अधिकतम गति ६५
किलोमिटर प्रतिघण्टा रहेको छ भने यसको मोटर तथा बेट्री दुबैमा २ बर्षको वारेन्टी दिइएको छ । यसको मुल्य रु.
३,३०,००० राखिएको भएता पनि अहिले यसमा रु. २५,००० छुट दिएर जम्मा ३,०५,००० मा बिक्रि गरिरहेका छौं ।

टाइगर एस फाइभ (Tiger S5)

यसमा २४०० वाटको पिक पावर भएको बोस्क कम्पनीको मोटर दिइएको छ । जसका कारण यसले करिब १३० किलो
वजनलाई १५ डिग्री उकालोमा तान्न सक्नेछ । हेर्दा सानो भएपनि यसको अधिकतम गति ६४ किलोमिटर प्रतिघण्टा
रहेको छ । ७२ भोल्ट र २० एएचको लिडएसिड बेटी दिइएको यो स्कुटरलाई घरको प्लगमा नै जोडेर करिब ६ देखि ७
घण्टामा फुल चार्ज गर्न सकिनेछ । अगाडि १२ इन्ज र पछाडि १० इन्चको व्हिल दिइएको यो स्कुटरको ग्राउण्ड
क्लियरेन्स १६० एमएम भएकाले केहि खराब कण्डिसनको बाटोमा पनि चलाउन सकिने आशा लिन सकिन्छ ।

यो स्कुटरको अगाडि र पछाडि दुबै व्हिलमा डिस्क बे्रक दिइएको छ । मुल्यको हिसाबले निक्कै सस्तो यो स्कुटर एक
पटकको फुल चार्जमा करिब ७५ किलोमिटर गुड्नेछ । चिटिक्क र सानो भएका कारण आम नेपाली महिलाहरुको
उचाइका लागि निक्कै सजिलो स्कुटरको रुपमा यसलाई लिन सकिन्छ । यसको मुल्य रु. १,८४,००० राखिएको भएता
पनि अहिले यसमा रु. २४,००० छुट दिएर जम्मा १,६०,००० मा बिक्रि गरिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?