मन्त्रिपरिषद् विस्तारको चटारोकाबीच प्रचण्ड उडे चितवन

लोकपथ
156
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।

भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासको लागि प्रधानमन्त्री प्रचण्ड चितवन उडेका हुन् ।

मन्त्रिपरिषद् विस्तारको लागि आज निर्णायक बैठक बसिरहेको छ । केहीबेर बैठकमा सहभागि भएर प्रधानमन्त्री प्रचण्ड बालुवाटारबाटै हेलिकोप्टरमा चितवन उडेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आजै दिउँसो १ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

बुधबार बसेको बैठकले मन्त्रिपरिषद् विस्तारका लागि मोटामोटी काम सकाएको र आज मन्त्रिपरिषद् विस्तारको अन्तिम निर्णय हुनसक्ने बताइएको छ ।

दलहरुले आ–आफ्नो अडान नछाडेपछि प्रधानमन्त्रीले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।

वर्तमान गठबन्धनमा १० दलरहे पनि ९ दल मात्रै सरकारमा सहभागि हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?