मन्त्रिपरिषद् विस्तारको तयारी, ९ दल सरकारमा

लोकपथ
39
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

बुधवार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।

बालुवाटार बैठकमा भएको सहमतिअनुसार सरकारमा सहभागी हुने दल ९ वटा रहेका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

अब पार्टीहरुले मन्त्रीको नाम दिएपछि सोहीअनुसार प्रचण्ड अघि बढ्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?