प्रधानमन्त्री प्रचण्ड किन जाँदैछन् चितवन ?

लोकपथ
52
Shares

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारको चटारोका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार चितवन प्रस्थान गर्न लागेका छन् ।

चितवनको भरतपुरस्थित विमानस्थल भवनको सिलन्यास गर्ने कार्यक्रमका लागि उनी केहीबेरमा चितवन प्रस्थान गर्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।

उनी दिउँसो १ बजे काठमाडौँ फर्किने कार्यतालिका रहेको छ । प्रचण्ड फर्किएपछि मन्त्रिपरिषद् विस्तारबारे नेताहरुसँग एक चरण छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?