बालुवाटार बैठक : ९ दल सरकारमा सहभागि, भोलिसम्म सबै टुंगिने

लोकपथ
338
Shares

काठमाडौं । भोलिसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।

बुधबार बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले मन्त्रालयको भागबण्डा लगभग टुंगिएको र भोलिसम्म टुंगिने बताए । उनका अनुसार राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी नहुने भएसँगै ९ दल सरकारमा सहभागि हुनेछ ।

‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ। भोलि बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ,’ उनले भने, ‘राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुन्छन्।’

आज दुइ चरण बैठक बसेको थियो । बिहान बसेको बैठक निष्कर्षविहीन भएसँगै पुनः बैठक आह्वान गरिएको थियो ।

आजै सरकारमा सामेल राजनीतिक दलहरुले मन्त्रिहरुको लिस्ट प्रधानमन्त्रीलाई बुझाउने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?