१४ जेष्ठ २०८०, आईतवार

जुरे पहिरो पीडितले नगद राहत पाउने

२०७९,चैत्र,१५,बुधबार १७:४१

99
Shares

काठमाडौंं । जुरे पहिरो पीडितले मागबमोजिम नगदै राहत पाउने भएका छन् ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार अब जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको समन्वयमा पीडितको यकिन तथ्याङ्कका आधारमा मापदण्ड बनाएर राहत वितरण गर्नेछ ।

मन्त्रिपरिषद् बैठकले ‘जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित नेपाल बैंक लिमिटेड, चौताराको खातामा जम्मा भएको दुई करोड २४ लाख ६६ हजार छ सय ५७ स्थानीय तहको समन्वयमा पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिने’ निर्णय गरेको सिन्धुपाल्चोक–१ बाट निर्वाचित सङ्घीय सांसद माधव सापकोटाले जानकारी दिए।

आठ वर्षयता रोकिएको रकम वितरणका लागि विगतदेखि नै पहल हुँदै आएको थियो । सांसद सापकोटाले गत फागुन ३० गते जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जुरे पहिरोपीडित कोषमा जम्मा भएको सो रकम मापदण्डका आधारमा प्रभावितलाई नै उपलब्ध गराउन रायसहित गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णयका लागि नेतृत्व गरेका थिए।

विसं २०७१ साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहाडै खसेर भोटेकोसी नदी थुनिएको थियो । पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५३ घरमा क्षति पुगेको थियो ।

प्रकाशित मिति: २०७९,चैत्र,१५,बुधबार १७:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

काठमाडौं । कृषि प्रधान देश नेपालमा कुल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको पाइएको छ । सरकारले आइतबार सार्वजनिक

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९