कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार दोस्रोपटक विश्वासको मत लिने

लोकपथ
156
Shares

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

उनले विश्वासको मत लिन लागेको र आवश्यक प्रबन्धका लागि प्रदेश सभा सचिवालयलाई पत्र पठाएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले लोकपथलाई जानकारी दिए । साथै आवश्यक प्रबन्ध मिलाउने काम भइरहेको उनले बताए ।

‘शुक्रबार दिउँसो ३ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गर्नुभएको छ । सोही अनुसार हामीले प्रबन्ध मिलाएका छाँै ।’ बुढाथोकीले लोकपथसँग भने ।

राष्ट्रपति निर्वाचनका कारण केन्द्रको राजनीतिक समीकरण भत्किएसँगै राप्रपाका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्मालाई विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता आइलागेको हो ।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका शर्मालाई राप्रपा, एमाले, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समेत समर्थन रहेको थियो । केन्द्रको समीकरण भत्किए पनि एमालेले भने मुख्यमन्त्रीलाई दिएको समर्थन कायम राख्ने वा नराख्ने भन्ने विषयमा छलफल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?