बालुवाटारमा गठबन्धन बैठक शुरु, विस्तार होला मन्त्रिमण्डल ?

लोकपथ
91
Shares

काठमाडौं । मन्त्रालयको भागबण्डा टुंगाउनका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको छ ।

केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुको बैठक बसेको हो ।

यसअघि बिहान बसेको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि पुनः बैठक आह्वान गरिएको हो ।

दलहरुले आ–आफ्नो अडान नछाडेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइरहेको हो । दलहरुको अडान कायमै भएपछि प्रधानमन् त्रीले पहिलो चरणको सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?