एकीकृत समाजवादीबाट मन्त्रीमा ज्वालाको नाम सिफारिस

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पहिलो चरणमा मन्त्रीका लागि उपमहासचिव प्रकाश ज्वालाको नाम सिफारिस गरेको छ ।

आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

३ मन्त्रायलको दाबी गरिरहेको एकीकृत समाजवादीबाट पहिलो चरणमा एक मन्त्री मात्रै पठाउने तयारी भएको छ ।

यसअघि कर्णाली प्रदेश सभामा अर्थमन्त्री बनेका ज्वाला पहिलोपटक केन्द्रको मन्त्री बन्न लागेका हुन् । त्यसो त ज्वाला ०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री भएका बेला राजनीतिक सल्लाहकार भएर काम गरेका गरिसकेका छन् ।

राजनीतिक दलको आ–आफ्नै अडानका कारण मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । दलहरुको अडान कायमै रहेका बेला प्रधानमन्त्रीले पहिलोचरणमा सानो मन्त्रीमण्डल बनाउन लागेका हुन् ।

आज बसेको बैठकले दाबी अनुसारको ३ मन्त्रालय नपाए सरकारमा नजाने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?