पोखराको आकाशमा ‘गोपी’ उड्यो

पोखरा । नेपाली फिल्म क्षेत्रमा प्रचारका लागि नयाँ नयाँ प्रयोग गर्दै आइरहेका छन् । अहिले केही फिल्म निर्माताहरु राम्रो फिल्म बनाउन कम्मर कसेर लाग्ने गर्छन् भने प्रचार पनि खुलेर नै गर्ने गर्छन् । कम बजेटका फिल्मले पनि राम्रो कमाइ गर्न सक्ने बजार बनिरहेका बेला विषयकेन्द्रित फिल्म बन्ने क्रम जारी छ ।

यतिबेला भने दीपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ पनि प्रचारका क्रममा छ । यो फिल्मले पोखरामा बेलुन नेपालसँग सहकार्य गरेर बेलुनमा गोपीको विज्ञापन गरेको छ । पोखरामा पर्यटक लिएर उठ्ने हटयर बेलुनमा गोपीको पोस्टर टाँसिएको फिल्मका लेखक सामीप्यराज तिमिल्सिनाले बताए । बेलुनमा गोपीका ब्यानरहरु फिल्म रिलिज हुने बेलासम्म नै उडाइने भएको छ ।

आउँदो माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा विपिन कार्की केन्द्रीय भूमिकामा रहेका छन् । यसअघि उनको फिल्म ‘प्रसाद’ रिलिज भएको थियो । जुन फिल्ममा गरेको अभिनयका कारण विपिनले वाहवाही पाएका थिए ।

यस्तै चलचित्रमा वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा कथा सामीप्यराज तिमिल्सिनाले लेखेका हुन् भने निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् ।

फिल्मलाई आरोही केसीले निर्माण गरेकी हुन् भने एक्जुकेटिभ निर्माताका रुपमा श्रीधर पौडेल रहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?