काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले केन्द्र सरकार नटिक्नाले स्थानीय सरकारमा असर पर्ने बताएका छन् ।
बुधबार न्यायीक समितिको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै मेयर शाहले प्रधानमन्त्रीकै अघि सरकार नटिक्नाले आफूहरुलाई समेत समस्या पर्ने गरेको बताए ।
‘सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यू पनि यहाँ हुनुहुन्छ । उहाँहरुको सरकार टिकिदिँदैन र हामीलाई कहिलेकाँही गारो हुन्छ ।’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यू यसपाली पनि सरकार चाँही केही समय टिकिदिए चाँही हामीलाई सजिलो हुन्छ । सरकार टिक्नुले धेरै कुरा जोडिएको हुँदो रहेछ ।’
कार्यक्रममा बोल्दै मेयर शाहले बागमतीसभ्यता जोगाउनुपर्नेमा जोड दिए । मान्छेको उत्पती हुनुभन्दा पहिले विभिन्न सभ्यता जोगाउन आग्रह गरे ।
सभ्यता जोगाउन सके मात्रै देशको भूमिको रक्षा गर्न सकिने उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया