काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पौडेलले ११ दिन हिँडेर काठमाडौं आएका पीडितहरुको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
आफूले केही दिनअघि रौतहटको मिटरब्याज पीडितलाई भेटेको र उनले फेरि सयौँको संख्यामा काठमाडौं आउन लागेको बताए ।
पीडितहरु न्याय माग्न काठमाडौं आउने र सम्झौता हुने गरेको भए पनि माग सम्बोधन नभएको उनले बताए ।
मिटरब्याज आर्थिक मात्र नभइ सामाजिक अपराध भएको भन्दै न्यायपूर्ण समाजमा स्वीकार हुन नसक्ने उनले बताए ।
मिटरब्याज पीडितहरुलाई साहु महाजनले विभिन्न शोषण गरेको भन्दै सरकारले तत्काल त्यतातिर ध्यान दिन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया