काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार पूर्ण कार्यकाल टिक्ने विश्वास व्यक्त गरेका छन् ।
आजदेखि काठमाडौंमा शुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री संघ र प्रदेशको निर्वाचनपछि एउटै सरकार निरन्तर रहेको कारण आफ्नै नेतृत्वको सरकार ५ वर्षसम्म टिक्ने उनले बताए ।
‘स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन ग¥यौं। त्यसपछि सरकार निरन्तर एउटै छ । मेरै नेतृत्वमा सरकार छ । मलाई विश्वास छ, यो सरकार पाँचै वर्षसम्म जान्छ ।’ प्रधानमन्त्री प्रचण्डले भने ।
त्यस्तै छिट्टै मन्त्रिमण्डल विस्तार हुने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया