एकीकृत समाजवादीको आकस्मिक बैठक जारी, आजै एक मन्त्रीको नाम टुंग्याउने

लोकपथ
117
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ ।

आज बसेको गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारमा भागबण्डा नमिलेपछि त्यसलगत्तै एसको सचिवालय बैठक बसेको हो ।

गठबन्धनमा आवद्ध दलहरुले आ–आफ्नो अडान नछाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सानो मन्त्रिमण्डल बनाउने तयारीमा रहेको स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीले तीन मन्त्रालय दाबी गरिरहेको र अहिले १ जनालाई मात्रै मन्त्री बनाउने भन्दै प्रधानमन्त्रीले नाम मागेपछि आकस्मिक बैठक बसेको हो ।

बैठकमा सरकारमा सहभागि हुने एक नेताको नाम आजै टुंग्याउने तयारी भएको एसका नेता एवं सांसद भानुभक्त जोशीले लोकपथलाई जानकारी दिए ।

‘गठबन्धन बैठकमा भएको छलफलपछि आज नेताहरु छलफलमा जुट्नुभएको छ । सायद सरकारमा सामेल हुनेको नाम बैठकले टुंग्याउला ।’ उनले भने ।

बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धन बैठकमा निष्कर्ष निस्किन नसकेपछि पुनः ३ बजेका लागि बैठक आह्वान गरिएको छ ।

सो बैठकमा विभिन्न दलबाट मन्त्री हुनेहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने तयारी रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?