रामसहायसँग पराजित कुशवाह जनमतमा प्रवेश, बारा–२ बाट उम्मेदवार बनाउने राउतको घोषणा

लोकपथ
195
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बुधबार पूर्वमन्त्री समेत रहेका कुशवाहलाई जनमतका अध्यक्ष डा. सीके राउतले पार्टीमा स्वागत गरेका हुन् ।

कुशवाह गत निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट उम्मेदवार बनेका वर्तमान उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पराजित भएका थिए । करिब ३ सय मतान्तरले पराजित भएका कुशवाहलाई जनमत पार्टीले सो क्षेत्रमा हुने उपनिर्वाचनको उम्मेदवार बनाएको छ ।

बुधबार रिपोटर्स क्लबमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष राउतले १० वैशाखमा हुने उपनिर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बनाउने घोषणा समेत गरे ।

No photo description available.

बारा क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यावद उपराष्ट्रपति भएपछि सो क्षेत्रमा पुनः उपनिर्वाचन हुन लागेको हो ।

१० वैशाखमा हुने उपनिर्वाचनमा गठबन्धनले जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
गत निर्वाचनमा यादव राउतसँग सप्तरी क्षेत्र नं २ बाट पराजित भएका थिए ।

कार्यक्रममा बोल्दै राउतले सप्तरीका जनताले नपत्याएका यादवलाई बाराका जनताले पनि नपत्याउने भन्दै कुशवाहको जित निश्चित भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?