नवाजुद्दीन सिद्दिकीसँग सम्बन्धविच्छेद गर्दै आलिया

लोकपथ
403
Shares

काठमाडाैं । नवाजुद्दीन सिद्दिकी पछिल्ला केही दिनदेखि आफ्नी श्रीमती आलिया सिद्दीकीसँगको विवादका कारण चर्चामा रहेका छन् । सम्बन्धविच्छेदको प्रक्रिया शुरु भइसकेपछि लामो समयदेखि चलिरहेको झगडा छिट्टै अन्त्य हुने उनको श्रीमतीले पुष्टि गरेकी छिन् ।

पछिल्लो रिपोर्टका अनुसार आलियाले आफ्नो कानुनी लडाइँको प्रक्रिया शुरु भइसकेको कुरा पुष्टि गरिन् । उनले खुलासा गरिन् कि अभिनेताले उनीसँग सम्झौताको लागि सम्पर्क गर्न खोजेका थिए, तर उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

उनले सम्बन्धविच्छेद अन्तिम हुने र आफ्ना दुवै सन्तानको लागि पनि लड्ने बताइन् । आलियाले छोराछोरी बाबुसँग बस्न नचाहेको पनि बताइन् ।

आलियाले खुलासा गरिन् कि उनी हाल भाडाको अपार्टमेन्टमा बस्दैछिन्, जुन उनले मार्च ३० सम्म खाली गर्ने भनिएको थियो, तर उनले मालिकसँग एक महिनाको म्याद थप्न अनुरोध गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?