गोलबजार नगरपालिकाका मेयर श्रेष्ठमाथि कसले छ्याप्यो मोबिल ?

लोकपथ
78
Shares

सिराहा । सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि दुव्र्यवहार भएको छ ।

मंगलरबार मेयर श्रेष्ठलाई कार्यकक्षमा आइ मोबिल छर्किएर दुर्व्यवहार गरिएको प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलले लोकपथलाई जानकारी दिए ।

मंगलबार एकाएक केही व्यक्ति आएर मेयरमाथि मोबिल छ्याप्ने लगायतका दुव्र्यवहार भएको उनको भनाइ रहेको छ ।

‘हिजो मेयरसाप माथि मोबिल छ्याप्ने लगायतका हर्कत भएको छ ।’ उनले भने ।

मेयर श्रेष्ठमाथि हातपात भएको स्थानमा नेकपा बहुमतको पर्चा समेत भेटिएको उनले बताए । सो पर्चामा विभिन्न ५ मागहरु समेत उल्लेख गरिएको उनले बताए ।

मिटरब्याजीको समस्या, खोलाको समस्या लगायत विविध मागहरु रहेको उनले बताए ।
‘दुव्र्यवहारपछि नेकपा बहुमतको पर्चा फालिएको छ । त्यहाँ विभिन्न ५ वटा मागहरु उल्लेख गरिएको छ । जसमा मिटरब्याजीहरुको समस्या, खोलाको समस्या लगायत उल्लेखित छ ।’ उनले भने ।

मेयर श्रेष्ठमाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाधुशरण महरा रहेका छन् भने अन्यलाई प्रहरीले खोजिरहेको छ ।

मेयर श्रेष्ठमाथि दुव्र्यवहार भएको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरुले राजमार्ग नै अवरुद्ध गरेका छन् । करिब एक घण्टा राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरेपछि अहिले अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?